काठमाण्डौ । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार पनि सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।