काठमाण्डौ । नेपाली बजारमा मंसिर महिना सुरु भएसँगै सुनको भाउ उच्च दरमा बृद्धि भएको छ।

मंसिर महिनाको पहिलो दिन अर्थात् शुक्रबार सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासँका अनुसार यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ छ भने तेजाबी सुनको भाउ प्रतितोला १ लाख १५ हजार रुपैयाँ रहेको छ ।

तिहारअघि भने सुनका भाउ प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यसैगरी, यो दिन चाँदीको भाउ पनि तोलामा ९० रुपैयाँले बढेको छ। यो दिन चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । तिहारअघि चाँदीको कारोबार प्रतितोला १ हजार ३६० रुपैयाँमा भइरहेको थियो ।

मंसिरमा बिबाहको लगन धेरै भएकोले पनि सुनको माग धेरै हुने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् ।