काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलमा ३०० रुपैयाँ बढेको हो ।यो दिन छापावाला सुन प्रतितोला १ लाख १९ हजार १००रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी भने यो दिन तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, शुक्रबार अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ बढेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार ३५ डलर रहेको छ ।