काठमाण्डौ । सन् २०१२ क्राउड फन्डिङ वेबसाइट किकस्टार्टरमा एउटा भिडियो गेम बनाउन फन्ड जम्मा गरिएको थियो । भनिएको थियो कि यो एउटा मल्टिप्लेयर अनलाइन गेम हो । जुन सन् २०१४ मा लन्च गरिनेछ । यो गेम निर्माणको जिम्मा संसारका प्रख्यात गेम डिजाइनर क्रिस रोबर्टसले लिएका थिए ।
क्रिसले भनेका थिए कि यदि २३ मिलियन डलर जम्मा भयो भने अरु लगानी चाहिँदैन । उनको लक्ष्य सन् २०१३ को अक्टोबरमा यो गेम निर्माणकार्य पूरा हुने थियो । तर हालसम्म यो गेम निर्माणकार्य पूरा भएको छैन । हालसम्म यो गेम का लागि २८८ मिलियन डलर (करिब नेरु ३२ सय करोड) जम्मा भइसकेको छ, जुन अहिलेसम्मकै सबैभन्दा बढी हो ।
यो गेमको नाम ‘स्टार सिटिजन’ राखिएको छ । यो एउटा स्पेस गेम हो। जुन मुख्यगरी माइक्रोसफ्ट विन्डोजका लागि बनाइँदैछ । क्रिसले वाचा गरेका छन् कि यो गेमका खेलाडीहरु एउटा ठूलो ब्रह्माण्डमा खेलेजस्तो हुनेछ । यसका लागि १०० स्टार सिस्टम पनि बनाइनेछ । क्रिसले हालसम्म केवल दुई ग्रह, नौ चन्द्रमा र एउटा एस्टोराइड बनाएका छन् । अर्कोतिर तीव्रगतिमा संकलित फन्ड सकिन थालेको छ।
सन् २०१७ सम्म क्रिसको खातामा मात्र १४ मिलियन डलर ही बचेको थियो । त्यसपछि फेरि उनले फन्डिङमार्फत पैसा जम्मा गरे ।
हाल यो गेममा नजर राख्ने विशेषज्ञहरु यो कुनै धोखा वा फर्ड नभएको तर अव्यवस्थित रहेको औँल्याउँछन् ।
क्रिस बारम्बार गेमको फिचर बढाउँदै लगेका छन् । उनी आफैँ आफ्नो टिमप्रति विश्वस्त छैनन् । त्यसैले पनि यो गेम निर्माण सम्पन्न हुन समय लागिरहेको छ ।
हालै भएको एउटा अन्तर्वार्तामा क्रिसले ‘तपाइँ दुई बेडरुमको घर बनाउने योजनामा हुनुन्थ्यो तर अचानक तपाइँलाई महल बनाउन मन लाग्यो, त्यसैले केही ढिला भएको हो’ भनेका छन् । उनी भन्छन्, ‘जो मानिस गेम बनाउन छन्, उनीहरु निकै आशावादी हुन्छन्, यो गेम ढिलै भए पनि आउँछ तर अरुभन्दा निकै फरक र नौलो आउनेछ ।’
क्रिसको कम्पनी क्लाउड इन्पिरियम गेम्समा करिब ५३७ कर्मचारी काम गर्छन् । अमेरिका, ब्रिटेन, जर्मनीसहित यो कम्पनी विश्वका पाँच ठाउँमा कार्यालय छ ।
क्रिससहित उनकी पत्नी र भाइलगायत सबै यो कम्पनीमा कार्यरत छन्। यो गेम निर्माणमा करिब ११ लाख मानिसको पैसा लगानी रहेको क्रिस बताउँछन् । गेम पूरा नभएपछि कतिपयले आफ्नो पैसा फिर्ता माग्न पनि थालेका छन् ।
यो गेमका विशेषताहरु
– सिटिजन स्टार गेम अनलाइन गेम हो । यसलाई खेल्न खेलाडीले किन्नुपर्छ । अहिलेसम्म क्राउड फन्डिङमार्फत यो गेमका लागि २८८ मिलियन डलरभन्दा बढी खर्च भइसकेको छ।
– अहिलेसम्म यो गेमका केही अल्फा मड्युलमात्र रिलिज गरिएको छ। जसलाई खेल्न पनि सकिन्छ । सबैभन्दा पहिला ह्याङ्गर मड्युल लन्च गरिएको थियो । यसमा खेलाडी केही सिप किनेर त्यसलाई बदलाव गर्न सक्छन् । यसपछि पनि केही मड्युल रिलिज गरिएको छ । गेम कहिलेसम्म पूर्ण हुनेछ भन्नेबारे जानकारी भने अहिलेसम्म यकिन हुन सकेको छैन ।
– अमेरिकामा बसोबास गर्ने क्रिस संसारकै सर्वश्रेष्ठ गेम डिजाइनर हुन्। उनले यसअघि विङ कमान्डर र फ्रिल्यान्सरजस्ता सफल गेम बनाइसकेका छन् । उनले हलिउडमा पनि धेरै काम गरेका छन् । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago