काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बम्पर लाभांश पारित गर्न मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्नो नवौँ वार्षिक साधराणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको हिजो शनिबार बसेको सञ्चालक समितिको बैठकले संस्थाको वार्षिक साधारणभसा पुस २८ गते सोमबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मिराबल रिसोर्ट एन्ड होटलमा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा मुख्य अजेन्डाका रुपमा पेस गरिने गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल ४७.२६ प्रतिशत लाभांश अनुमोदन हुनेछ ।

संस्थाले चुक्तापुँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँको ४५ प्रतिशत अर्थात ५ करोड ७९ लाख ५३ हजार ८८० रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । त्यस्तै बोनस सेयरको कर प्रयोजनका लागि संस्थाले २.३६ प्रतिशत अर्थात ३० लाख ५० हजार २०४ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव पनि गरेको छ ।

बोनस सेयर वितरणपछि चुक्ता पुँजी वृद्धि १८ करोड ६७ लाख ४० हजार २८० रुपैयाँ पुग्नेछ ।

सभामा अन्य इजाजतपत्र प्राप्त ‘घ’ वर्गका कुनै ए)क वा एकभन्दा बढी वित्तीय संस्थासँग एक आपसमा गाभ्ने तथा गाभिने वा प्राप्ति गर्न उपयुक्त देखिएमो सोसम्बनधी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियार प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको मतल पुस १७ गतेभित्र कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।