काठमाण्डौ । सन् १८८८ मा बर्था बेन्जले साबित गरेकी थिइन् कि उनका पति कार्लको मोटरब्यागन सुरक्षित र बिक्रीका लागि तयार छ। त्यतिबेलादेखि आजसम्म जर्मनी प्रिमियम कारहरु र कार संस्कृतिवाला देशका रुपमा चिनिन्छ ।
दक्षिण–पश्चिम जर्मनीको ब्ल्याक फरेस्ट सहरमा रिटायर्ड सेल्स एक्जिक्युटिभ एडगर मेयरले एउटा पुरानो सानो साँघुरो सडकमा गाडी घुमाउँदै जर्मनीमा कारको इतिहास सुनाउन थाले । सडकको दुवैतिर रुखहरु थियो र अंगुरका झुप्पाहरु माथिसम्म फैलिएको थियो । चराचुरुंगीका आवाजा र मेयरको बिन्टेज बीएमडब्ल्यू कारको आवाजबाहेक त्यहाँ अरु केहीको पनि आवाज गुन्जिएको थिएन ।
हामी व्यस्त सहर डोसेनहेमबाट अगाडि बढिरहेका थियौँ । तर त्यो शान्त साँघुरो सडकमा हामीमात्र थियौँ ।
प्राविधिक रुपले यो सडक बर्था बेन्ज मेमोरियल रुटका नामले परिचित छ । मेयरका अनुसार सन् १८८८ मा पेट्रोलबाट चल्ने पहिलो मोटकार चढेर संसारकै पहिलो रोड ट्रिपमा निस्केकी बर्था र उनका किशोर छोराहरुको अनुभव बुझ्नका लागि यो सडक सही ठाउँ थियो ।
बर्थाले म्यानहेममा आफ्नो घरबाट फौर्जाइमस्थित आफ्नी आमाको घरबीच १९४ किलोमिटर कारमा सफर तय गरेकी थिइन् । यसले उनी निडर पनि रहेको पत्ता लाग्छ ।
यो सफरको जानकारी बर्थाका पति कार्ललाई पनि थाहा थिएन । बर्थाको कार बेन्ज मोटरब्यागन नं. ३ उनका पतिले बनाएको मोटरब्यागनभन्दा थोरै भिन्न थियो । कार्लले आफ्नो मोटरब्यागन सन् १८८६ मा पेटेन्ट गरेका थिए । त्यही वर्षदेखि अटोमोबाइलको सुरुआत भएको मानिन्छ ।
बर्थाले पति कार्लको काममा मद्दत गर्नका लागि विवाहमा पाएको दाइजोको रकम लगानी गरेकी थिइन् । तर कार्लको मोटरब्यागन सडकमा चलाउन इजाजत प्राप्त भइसकेको थियएन ।
सरकारी अधिकारी मोटरब्यागनलाई शंकाका दृष्टिले हेर्थे । एउटा टेस्ट ड्राइभका क्रममा मोटरको आवाजले घाडा र कुकुरहरु पनि डराएर भित्र छिरेका थिए । यस्तोमा प्रोटोटाइप मोडललाई लिएर गैरकानुनी यात्रामा निकल्नु एउटा क्रान्तिकारी कदम थियो र यो घोषणा पनि भएको थियो कि यो सुरक्षित छ र यसलाई बेच्न पनि सकिन्छ । यसमा कार्ललाई पनि एउटा सन्देश थियो कि हिम्मत राख र अगाडि बढिराख।
मेयर भन्छन्, ‘अटोमोबाइलको आविष्कार कार्ल एक्लैले गरेका थिएनन् । यसमा उनकी पत्नी बर्थाको पनि हात छ । दुवैलाई मोटरब्यागनमा विश्वास थियो र एकसाथ काम गरेका थिए ।’
मेयरले सन् २००८ मा बर्था बेन्ज मेमोरियल रुटको नक्सा तयार गरे, जुन थुप्रै सहर र गाउँलाई छुन्छ । उनी भन्छन्, ‘म बर्थालाई इतिहासमा त्यो स्थान दिन चाहन्छु, जसको उनी हकदार छिन् ।’
यो सडकको नक्सा र जीपीएसभन्दा पहिलोको युगमा बर्था नदी तथा रेलको लिकहुँदै आफ्नी आमाको घरमा पुगेकी थिइन् । उनले २ हर्सपावर र ४ स्ट्रोक इन्जिनको सानो गाडीमा बसेर ढुंगे सडकको सफर गरेकी थिइन् । यसबाट थाहा हुन्छ कि उनी कति बहादुर थिइन्। सायद थोरै सन्की पनि थिइन् । हुन सक्छ उनलाई कायमाबीको सूत्र पनि थाहा थियो ।
अटोमोबाइल इन्डस्ट्रीको इतिहासमा जर्मनीको स्थान थाहा पाउन दक्षिण जर्मनीको यो औद्योगिक केन्द्रसम्म पुग्नुपरेको थियो । अहिले यी दुवै राज्यमा लग्जरी कार कम्पनीहरु छन् । यो दुवै सहर अहिले कारसंस्कृति र संग्रहालका केन्द्र पनि हुन् ।
बर्थाको सडकयात्राले अटोमोबाइल युगको सुरुआत भएको थियो ।
सन् १८८८ को अन्तसम्म मोटरब्यागन ३ को उत्पादन सुरु भएको थियो । १९०० को सुरुअतमा बेन्ज एन्ड सी संसारको सबैभन्दा ठूलो कार निर्माता कम्पनी बनेको थियो । त्यतिखेरदेखि अहिलेसम्म जर्मनी प्रिमियम कर र कार संस्कृतिको देशका रुपमा परिचित छ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago