काठमाण्डौ । टेस्लाका सीईओ एलन मस्क बर्नार्ड अर्नाल्टलाई पछि पार्दै फेरि विश्वकै धनीव्यक्ति बनेका छन्।
सीएनएनमा प्रकाशित समाचारअनुसार फ्रान्सेली लक्जरी ब्रान्ड लुई भुटनका सीईओ अर्नाल्टलाई पछि पार्दै मस्क पुनः विश्वकै धनीव्यक्ति बनेका हुन्। गत डिसेम्बरमा अर्नाल्टले मस्कलाई पछि पार्दै विश्वकै धनीव्यक्ति बनेका थिए। उनी दुई महिनाभन्दा बढी समयदेखि धनाढ्यको सूचीमा पहिलो स्थानमा रहेका थिए।
टेस्ला कम्पनीको सेयरमूल्य बढेसँगै मस्कको सम्पत्तिमा पनि बढोत्तरी आएको छ। मस्कको कुल सम्पत्ति सोमबार लगभग १८७.१ अर्ब डलर पुगेको छ। जब कि अर्नाल्टको सम्पत्ति १८५.३ अर्ब डलर रहेको छ।
मस्कको कुल सम्पत्ति गत नोभेम्बरमा करिब ३४० अर्ब डलर थियो। डिसेम्बरमा उनको सम्पत्ति घटेर १३७ अर्ब डलरमा झरेको थियो।
ट्विटर किनेपछि मस्कको सम्पत्तिमा लगातार गिरावट आएको थियो। मस्कले इतिहासमा धेरै सम्पत्ति गुमाउने व्यक्तिको रेकर्ड पनि राखेका थिए। गत वर्षको अन्त्यमा मस्कको सम्पत्ति २०० अर्ब डलरले घटेको थियो। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19