काठमाण्डौ । नेप्सेको आवरली चार्टमा आज बियरिस इन्गिल्फिङ प्याट्रन बनेको छ। यसले अल्पकालमा सामान्य नाफा बुक आउन सक्ने बुझिन्छ। 

आज बजार दिनभरको इन्ट्राडे कारोबारमा २१९० सम्म पुगेको थियो। तर, अन्तिम घन्टामा भने बजार घटेर २१६४ मा बन्द भएको छ। यद्यपि आज बजार दोहोरो अंकले उकालो लागेको छ।

१८५० को विन्दुबाट बढेको बजारमा केही समयदेखि निरन्तर उकालो लागेको छ। तर, आजको बढोत्तरीमा अन्तिम घन्टामा भने भोलुमसहित बजारमा करेक्सन आएको छ। यसले आज बजारमा तीव्र नाफा बुक भएको मान्न सकिन्छ। 

दैनिक चार्टमा म्याक्डीमार्फत हेर्दा गत २७ डिसेम्बरमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै छ। हिस्टोग्राम सकारात्मक र लामा–लामा नै बन्दै गएका छन्।

बोलिंगर ब्यान्डमार्फत हेर्दा क्यान्डलहरु ब्यान्डसँगै हिँडेका छन्। आरएसआई भने ८० को तहमा ओभरबट जोनमा पुगेको छ। 

बजार अघिल्लोपटकको बलियो प्रतिरोध २२२२ को नजिक–नजिक पुगेका कारण कुनै पनि बेला अहिले इन्ट्राडे करेक्सनमा सीमित बनेको बजारमा केही अंकको करेक्सन हुन सक्ने सम्भावना देखिन्छ। 

नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।