मानिसमा पहिलो पटक कोरोनाभाइरस खोज गर्ने महिला स्कटल्याण्डका एक बस ड्राइभरकी छोरी थिइन्, जसले १६ वर्षमै स्कूूूल छोडेकी थिइन् ।
उनको नाम थियो जूून अलमोडा, जो भाइरस इमेजिङ क्षेत्रका चर्चित नामहरुको सूूचिमा आफ्नो नाम लेख्न चाहन्छिन् ।
तर, कोभिड १९ महामारीका समयमा जूूनको कामको चर्चा सर्वत्र भइरहेको छ र उनको खोजको चर्चा केन्द्रमा छ ।
कोभिड १९ एक नयाँ भाइरस हो, तर कोरोना भाइरसकै एक प्रकार, जसको खोज डाक्टर अलमेडाले सबैभन्दा पहिले सन् १९६४ मा लण्डनको सेन्ट थमस अस्पतालस्थित ल्याबमा गरेकी थिइन् ।
भाइरोलोजिष्ट जूून अलमेडाको जन्म सन् १९३० मा भएको थियो । स्कटल्याण्डको ग्लासगो सहरको उत्तरपूूर्वीस्थित एक वस्तीमा एक साधारण परिवारमा उनको जन्म भएको थियो. ।
१६ वर्षको उमेरमा स्कूूलको पढाइ सकेपछि जूूनले ग्लासगो सहरकै एक ल्याबमा प्राविधिकका रुपमा काम गरेकी थिइन् ।
पछि नयाँ सम्भावना खोेज्नका लागि लण्डन गएकी थिइन् र सन् १९५४ मा उनले भेनेजुुअलाका कलाकार एनरीके अलमेडासँग बिहे गरिन् ।
सामान्य चीसो र चीसोको अध्ययन
मेडिकल क्षेत्रका लेखक चर्ज विन्टरका अनुुसार विहेको केही वर्षपछि ती दम्पती उनकी युुवा छोरीका साथ क्यानडाको टोरन्टो सहर गएको थियो ।
क्यानेडियाको ओन्टारियो क्यान्सर इन्सिच्युुटमा डाक्टर जूून अलमेलाले एक इलेक्ट्राँन माइक्रोस्कोपका साथ आफ्नो उत्कृष्ट कौशल विकास गरिन् । त्यस संस्थानमा काम गर्दा उनले एउटा यस्तो विधि सफलता हासिल गरिन् कि जसको मद्धतले भाइरसको कल्पना गर्न धेरै सजिलो भएको थियो ।
लेखक जर्ज विन्टरले बीबीसीलाई भने–‘यूूकेका डाक्टर जूून अलमेडाको कामको महत्व सम्झेर सन् १९६४ मा उनलाई लण्डनको सेन्ट थमस मेडिकल स्कूूलमा काम गर्ने प्रस्ताव राखियो । यो त्यही अस्पताल हो जहाँ कोभिड १९ बाट संक्रमित भएपछि ब्रिटेनका प्रधानमन्त्री बोरिस जन्सनको उपचार भयो ।’
क्यानडाबाट फर्केपछि डाक्टर अलमेडाले डाक्टर डेविड टायरेलसँग मिलेर रिसर्च सुुुरु गरिन्, जो ती दिनहरुमा यूूकेको सेलिस्बरी क्षेत्रमा सामान्य चीसोको विषयमा शोध गरिरहेका थिए ।
जर्ज विन्टरले भने–‘डाक्टर टायरेलले चीसोका दौरान नाकबाट बहने तरलपदार्थको नमूूना एकत्रित गरे र उनको टिमका लगभग सबैले नमूूनामा सामान्य चीसो ठण्डीका दौरान पाइने भाइरस देखेका थिए ।’
तर, यिनमध्ये एक नमूूना जसलाई बी ८१४ नाम दिइयो र त्यसलाई सन् १९६० मा एक बोर्डिङ स्कूूलका छात्रबाट लिईएको थियो, बाँकी सबै अलग थियो ।
कोरोनाभाइरस नाम कसले दियो?
डाक्टर टायरेललाई लाग्यो, किन यो नमूूनाको जाँच डाक्टर जूून अलमेडाको मद्धतबाट इलेक्ट्रान माइक्रोस्कोपद्वारा गरियोस् ।
यो नमूूना जाँचका लागि डाक्टर अलमेडाकहाँ पुुर्याइयो । उनले परीक्षणपछि बताइन्, यो भाइरस इन्फ्लुुएन्जाजस्तो त देखिन्छ, तर यो त्यो होइन बरु त्योेभन्दा केही फरक छ ।
र यही भाइरस जसको पहिचानपछि डाक्टर जूून अलमेडाले कोरोनाभाइरसमा काम गरिन् ।
जर्ज विन्टर भन्छन्–‘डाक्टर अलमेडाले वास्तवमा यो भाइरसजस्तो कण पहिले मुुसामा हुुने हेपाटाइटिस र कुुखुुरामा हुुने संक्रामक ब्रोंकाइटिसमा देखेकी थिइन् । जूूनको पहिलो रिसर्च पेपर यद्यपि यही भनेर खारेज गरिएको थियो, उनले नै इन्फ्लूूएन्जा भाइरसकै खराब तस्वीर पेस गरिन् ।’
तर नमूूूना संख्या बी ८१४ बाट भएको नयाँ खोज सन् १९६५ मा प्रकाशित भयो, ब्रिटिश मेडिकल जर्नलमा र त्यसपछि जर्नल अफ जेनेरल भाइरोलोजीमा तस्वीरका साथ प्रकाशित गरियो ।
जर्ज विन्टरका अनुुुसार डाक्टर टायरेल, डाक्टर अलमेडा र सेन्ट थमस मेडिकल संस्थानका प्रोफेसर टोनी वाटरसन थिए, जसले यो भाइरसको माथितलको बनावटलाई देखेर यस भाइरसको नाम कोरोनाभाइरस राखे ।
त्यसपछि डाक्टर अलमेडाले लण्डनको पोष्टग्रेजुुएट मेडिकल कलेजमा काम गरिन् । त्यहीँबाट उनले आफ्नो डक्टरेटको पढाइ पूूरा गरिन् ।
आफ्नो करिअरको अन्तिम दिनहरुमा डाक्टर जूून अलमेडा वेलकम इन्स्टिच्युुटमा पनि थिइन् जहाँ उनले इमेजिङका मद्धतले केही नयाँ भाइरसको पहिचान र तिनको पेटेन्ट आफ्नो नाम गराइन्।
वेलकम इन्स्टिच्युुुटबाट रिटायर्ड भएपछि डाक्टर अलमेडा एक योगा गुुरु बनेकी थिइन् ।
तर सन् १९८०को दशकमा उनलाई संरक्षकका तर्फबाट एचआइभी भाइरसको नोवेल तस्वीरहरु लिनका लागि बोलाइएको थियो ।
सन् २००७ मा जूून अलमेडाको देहान्त भयो । त्यतिबेला उनी ७७ वर्षकी थिइन् ।
अब उनको मृत्युु भएको १३ वर्षपश्चात् उनलाई र उनको कामको वास्तवमा मान्यता मिलिरहेको छ, जसको हकदार उनी थिइन् । एक बेमिसाल रिसर्चरका रुपमा उनलाई सम्झना गरिरहिएको छ किनकि रिसर्चका कारण नै हाल यसले कोरोनाभाइरस संक्रमण विश्वभर फैलिएको बुुझ्न मद्धत गरिरहेको छ ।
(बीबीसीबाट भावानुवाद)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago