काठमाण्डौ । नेपाल राष्ट्रबैंकले नेपालका बायुसेवा प्रदायक कम्पनीमा कार्यरत विदेशी कर्मचारीहरुका लागि एकवर्षको तलबसुविधामध्ये ७५ प्रतिशत मात्र आफ्नो देश लैजान दिने व्यवस्था गरेको छ । 

राष्ट्रबैंकले साउन २६ गते संसोधित एकीकृत परिपत्र जारी गर्दै यस्तो व्यवस्था भएको प्रष्ट्याएको हो। 

बायुसेवा प्रदायक कम्पनीमा कार्यरत विदेशी नागरिकको श्रम स्वीकृति र सम्झौताको अवधि बहाल रहेको अवस्थामा रोजगारदातासँग गरेको करारमा उल्लिखित पारिश्रमिकमा प्रचलित कानून बमोजिम कर कट्टी पश्चात हुन आउने रकमको बढीमा ७५ प्रतिशतसम्मको रकम यस बैंकले प्रदान गरेको अधिकतम एकवर्षसम्मको स्थायी अनुमतिपत्रको आधारमा परिवत्र्य विदेशी मुद्रामा(भारतीय नागरिकको हकमा भारतीय मुद्रामा) सम्बन्धित मुलुकमा पठाउन सकिनेछ । परिपत्रमा भनिएको छ । 

सञ्चयकोष, अवकाश कोष र उपदान बापतको रकमको हकमा भने नियमअनुसार लाग्ने कर कट्टा गरी पाउने पूरै रकम पठाउन सकिने व्यवस्था भएको केन्द्रीय बैंकले प्रष्ट पारेको छ ।