काठमाण्डौ । महालक्ष्मी विकास बैंकले मंसिर १० गते बारा जिल्लाको प्रसौनी गाउँपालिका वडानम्बर २ स्थित प्रसौनी शाखा कार्यालयको समुद्घाटन गरेको छ।

सो शाखाको समुद्घाटन प्रसौनी गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले उद्घाटन गरेका हुन् ।

सो समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत गरे । 

सो अवसरमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणहरुले शुभकामना मन्तव्य व्यक्त गदैं उक्त शाखाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ८५ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको चुक्तापुँजी रु. २ अर्ब ८४ करोड रहेको छ भने बैंकले हालसम्म करिब रु. २६ अर्ब ९२ करोड निक्षेप संकलन गरी रु. २४ अर्ब ०९ करोड कर्जा प्रवाह गरेको छ ।