काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  करिब २६ वर्षदेखि बालअधिकारबाट बञ्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकास गर्ने उद्देश्यका साथ स्थापित बालविकास समाजलाई रू १,५०,००० को आर्थिक सहयोग उपलब्ध गराएको छ । 

बैंकको केन्द्रिय कार्यालय नारायणहिटीपथमा आयोजित एक कार्यक्रम बीच बैंकद्वारा सो संस्थालाई रू एक लाख पचास हजारका चेक हस्तान्तरण गरियो ।

सो रकमबाट १५ जना गरीब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने कुरा सो संस्थाले जानकारी दिएको छ ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकको आगामी बैशाख ७ गते हुने १२ आँै वार्षिकोत्सवको अवसारमा आफ्नो वार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरिएको बताइएको छ ।