काठमाण्डौ । बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खूद नाफा यो बैंकले ८३ प्रतिशतले बढाएको हो। 

अघिल्लो वर्ष ३२ करोड ९१ लाख रुपैयाँ रहेको खूद नाफा बढाएर यो वर्ष ६० करोड १४ लाखको उचाईमा पुर्याएको हो । 

व्यवसायमा बिस्तारसँगै बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । ६९ करोड ७१ लाख रुपैयाँमा सीमित खूद ब्याज आम्दानी यो वर्ष १ अर्ब ३० करोड पुुगेको छ । 

यो अवधिमा बैंकले ७० अर्ब निक्षेप संकलन गरी ६२ अर्ब ७८ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ४१ अर्ब ८१ करोड निक्षेप संकलन गरी ३२ अर्ब २८ करोड कर्जा प्रवाह गरेको थियो । 

हाल यो बैंकको चुक्तापूँजी ५ अर्ब ६२ करोड रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ७५ करोड रुपैयाँ छ । 

बैंकको संचालन नाफातर्फ पनि राम्रो प्रगति भएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा ५० करोड रुपैयाँमा सीमित संचालन नाफा बढाएर यो वर्ष ८६ करोड ५९ लाखको उचाईमा पुर्याइएको छ । 

बैंकले निस्क्रिय कर्जा अनुपातसँगै कस्ट अफ फण्डलाई पनि घटाएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा ३.९३ प्रतिशत रहेको निस्क्रिय कर्जालाई घटाएर १.५१ प्रतिशतमा झारिएको छ भने ४.२२ प्रतिशत रहेको कस्ट अफ फण्डलाई घटाएर ४.१५ प्रतिशतमा झारिएको छ । 

यो बैंकको वार्षिकीकृत प्रति सेयर आम्दानी २१.३७ रुपैयाँ, प्रति सेयर नेटवर्थ १४८.९० रुपैयाँ कायम भएको छ ।