 
                     
                                
                             
                                    काठमाण्डौ । श्रीलंकामा सरकारविरुद्ध चर्को विरोध भइरहेका बेला प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन्। उनले राष्ट्रपति गोताबाया राजापाक्षेलाई राजीनामा पठाएका छन्।
श्रीलंकामा चरम आर्थिक संकटको विरोधमा प्रदर्शन गरिरहेका जनताहरुले राष्ट्रपति गोटाबाया राजापाक्षे र उनको मन्त्रीमण्डललाई राजीनामा दिन दबाब दिइरहेका छन्।
हाल श्रीलंका सरकारले देशमा आपतकाल लागू गरेको छ।
गोताबाया राजपाक्षेको नेतृत्वमा भएको बैठकमा सहभागी महिन्दा राजापाक्षेलाई राजीनामा दिन आग्रह गरिएको थियो। जसलाई उनले स्वीकार गरेका छन्।
श्रीलंकाको मन्त्रिपरिषद्ले देशको बिग्रिँदै गएको आर्थिक अवस्थालाई सम्हाल्न नसक्दा प्रधानमन्त्री राजापाक्षेले राजीनामा दिएका हुन्। उनको राजीनामासँगै मन्त्रिपरिषद् पनि विघटन भएको छ।
राजापाक्षेले आफ्नो राजीनामाले देशको वर्तमान आर्थिक संकट अन्त्य हुने हो भने आफू त्यसका लागि तयार रहेको बताएका थिए।
श्रीलंकामा खाद्यान्न, पेट्रोल र औषधिको चरम अभाव छ। श्रीलंका स्वतन्त्र भएपछि सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ। श्रीलंकासँग डलरको ठूलो अभाव छ। त्यसैले अत्यावश्यक वस्तु पनि आयात गर्न पाएका छैनन्। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19