काठमाण्डौ । समस्याग्रस्त बैंक तथा बित्तीय संस्थाहरुलाई मर्ज गरेर नमूना काम गरे पनि पछिल्लो समय खासै प्रगति गर्न नसकेको प्रभू बैंकले आफूलाई चालु आर्थिक वर्षको दोश्रो त्रैमासमै अर्ब क्लबमा प्रवेश गराएको छ । 

विजिनेशतर्फको व्यापक बिस्तार तथा खराब कर्जा असूलीमा व्यवस्थापनले अपनाएको आक्रामक रणनीतिका कारण अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा यो बैंकले खूद नाफा १७४.२१ प्रतिशतले बढाएको हो । 

चालु आबको दोश्रो त्रैमासमा प्रभू बैंकको खूद नाफा १ अर्ब  ११ करोडको उचाईमा पुुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो बैंकले ४० करोड ५६ लाख नाफामै चित्त बुुझाउनु परेको थियो । 

प्रभू बैंकले व्यवसाय विस्तारमा आक्रामक रणनीति अपनाएको उसको खूद ब्याज आम्दानीतर्फको आश्चर्यजनक प्रगतिले समेत देखाउँछ । अघिल्लो आबको दोश्रो त्रैमासमा ७० करोड ७३ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी यो वर्षको सोही अवधिमा १ अर्ब ४४ करोड रुपैयाँको उचाईमा पुुगेको हो ।

प्र्रभू बैंकको हालको चुक्तापूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । 

प्रभूू बैंकले दोश्रो त्रैमासमा ७० अर्ब २१ करोड निक्षेप संकलन गरी ५६ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यो बैंकले ४७ अर्ब ९८ करोड निक्षेप संकलन गरी ३१ अर्ब ७९ करोड मात्र कर्जा प्रवाह गरेको थियो । 

बैंकले निस्क्रिय कर्जा दर समेत घटाएको छ । नेपाल राष्टबैंकले तोकेको सीमा भन्दा कम अनुपातमा यस्तो कर्जा दर कायम भएको छ । अघिल्लो आबको दोश्रो त्रैमासमा ५.५३ प्रतिशत रहेको निस्क्रिय कर्जा घटेर यो वर्ष सोही अवधिमा ४.८८ प्रतिशतमा आइपुुगेको हो । 

प्रभूू बैंकको प्रति सेयर आम्दानी १८ रुपैयाँ, प्रति सेयर नेटवर्थ १२४.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.१६ गुणा कायम भएकोे छ । अघिल्लो आबको यही अवधिमा प्रति सेयर आम्दानी १२.६४ रुपैयाँ मात्र थियो ।