काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आईतबार एकैदिन तीनवटा नयाँ शाखा बिस्तार गरेको छ। 

बैंकले बित्तीय सेवा बिस्तारको क्रममा पर्साको बिन्दबासिनी, ताप्लेजुङ्गको मौवाखोला र बाँकेको नरैनापुरमा छुट्टा छुट्टै समारोहको आयोजना गरी स्थापित शाखाको औपचारिक उद्घाटन गरेको   हो । 

विन्दवासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु र वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले विन्दवासिनी शाखा, मौवाखोला गाउँपालिका अध्यक्ष राजकुमार थात्लुङ र बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले मौवाखोला शाखा र नरैनापुर गाउँपालिकाका अध्यक्ष इसितियाक अहमद शाह र नेपाल राष्ट्रबैंक नेपालगञ्जका संचालक गुरु पौडेलले नरैनापुर शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

यो समेत गरी बैंकको शाखा संख्या ७५ वटा पुगेको छ । साथसाथै बैंकको नेपाल अधिराज्यभर ९१ वटा एटिएम, ३ वटा एक्सटेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालन गर्ने बैंकले जनाएको छ ।