insurance @ risk
                                    काठमाण्डौ । जीवन र निर्जिवन बिमा कम्पनीको चुक्तापूँजी बढाउने प्रस्ताव समेटिएको फाइल बिमा समितिबाट अर्थमन्त्रालय पुुगेपछि सेयर बजारमा बिमा समूह धेरै दिनसम्म चम्किरह्यो । एक महिनामै बिमामा लगानी गरेर परिसूचकमा उछाल आई मूल्यमा भएको अस्वभाविक परिवर्तनका कारण धेरैले करोडौं कमाए । बिमाकै योगदानका कारण बजार परिसूचक १८८२ को ऐतिहासिक उचाईमा पुुग्यो । बिमाले अनपेक्षित फड्को मारेको समयमा बजारमा लगानी गरी एकै महिनाको अन्तरालमा मालामाल बन्ने ठूला लगानीकर्ता पनि देखिए ।
कुनै बेला चमकधमक नै बेग्लै भएको यही बिमा समूहको मुख्य भूमिकाका कारण अहिले सेयर बजार चौपट भइरहेको छ । दैनिकजसो बजारमा भीषण पहिरो जान थालेको छ र दैनिकजसो नै बिमाका लगानीकर्ताहरुले करोडौं रुपैयाँ गुमाइरहेका छन् ।
बिमाको चुक्तापूँजी वृद्धि हुने फाइल अर्थमन्त्रालयमा अड्किएर संशय पैदा भएपछि नै बिमाको सूचक ओरालो लाग्न थालेको थियो । बिमा समितिमा अध्यक्ष परिवर्तन र नयाँ अध्यक्षले बिमाको चुक्तापूँजी बढाउन कानूनमै तोक्न नपर्ने जस्तो निराशाजनक अभिव्यक्ति दिएपछि भने तत्काल चुक्तापूँजीमा परिवतर्नसम्बन्धी कुनै पनि नयाँ व्यवस्था नआउने बुुझाईका कारण बिमामा दैनिकजसो पहिरो गइरहेको छ । अन्य समूहको गिरावट दोहोरो अंकमा सीमित हुँदा बिमामा भने दैनिकजसो तेहेरो अंकको गिरावट देखिएको छ ।
जसरी बिमाको सूचक बढेको थियो, अहिले उसैगरी घटिरहेको देखिन्छ । एकातिर चुक्तापूँजी नबढ्ने खबरले निराश भएका लगानीकर्ताले आफूसँग भएको बिमा कम्पनीको सेयर बिक्रीको हतारा देखाए भने अर्कोतर्फ तरलता अभाव, राजनीतिक अन्यौल लगायतका कारणले समेत अन्य समूहलाई झै बिमालाई पनि हिट गर्यो । आफ्नै कारणले घटिरहेको बिमाको सूचक अन्य कारणले समेत थप घट्यो र अहिले त अत्यासलाग्दो गतिमा घटिरहेको छ । बिमाको घटाईले लगानीकर्तामा ठूलो त्रास पैदा भएको छ । बिमा चौपट हुने आशंकामा लगानीकर्ताहरु घाटै खाएर पनि बिमाको सेयर बिक्रीको हतारोमा छन्, यसले समग्र बजारमा बिक्रीको उच्च चाप सिर्जना भएको छ ।
यसरी झर्यो बिमाको सूचक
विगत ५ महिनाको बजारको तथ्यांक अध्ययन गर्ने हो भने बिमाका लगानीकर्ता अत्तालिनु स्वभाविक मान्न सकिन्छ । सन् २०१६ को अक्टोबर ६ का दिन बिमाको समूह परिसूचक ९३५१.१२ को उचाईमा पुुगेको थियो । त्यसपछि बिमाको समूह सूचक निरन्तर घटिरहेको देखिएको छ । अक्टोबरको अन्तसम्ममा यो समूहको परिसूचक ९ हजार १ सयको स्तरमा झरिसकेको थियो । नोभेम्बरमा यो सूचक उतारचढावका बीच ६ हजार ९ सयको न्यून स्तरमा आएको देखिन्छ । नोभेम्बर २७ का दिन बिमाको सूचक ६ हजार ९ सय ३० मा झर्न पुुगेको थियो । 
डिसेम्बरको सुरुवातमा बढेर ७ हजार ७ सयको उचाईमा फर्किएको बिमा यो महिना उतारचढावका बीच ६ हजार ४ सयको स्तरमा झरिसकेको थियो ।
नयाँ वर्षको सुरुवातमा ६८ सयको उचाईमा बाउन्स ब्याक भएको बिमाको सूचक त्यसपछि सामान्य उतारचढाव भए पनि निरन्तर घटिरहेको छ । सन् २०१७ को जनवरी महिनाको अन्तिम दिन बिमा समूहको सूचक घटेर ५७०८ अंकको उचाईमा झरिसकेको थियो ।
फेब्रुुअरीको सुरुवातमा केही बढेर ६ हजारको उचाईमा फर्किएको बिमाको समूह सूचक त्यसपछि भने निरन्तर घटिरहेको छ । यो सूचक फेब्रुुअरी ८ का दिन ५६०५ मा झर्यो । त्यसपछि दैनिकजसो तेहेरो अंकले झरिरहेको बिमाको सूचक आइतबार(फेब्रुुअरी १२)को दिन भने अझ तल झरी ५ हजार ३४ मा आइसकेको छ । यसरी सन् २०१६ अक्टोबरदेखि २०१७ फेब्रुुअरीसम्म आइपुुग्दा बिमाको समूहले ४ हजार ३ सय १७ अंक गुमाइसकेको छ । बिमा घट्ने मुख्य कारणहरुमा तत्काल चमात्कारिक परिवर्तन हुने कुनै संभावना छैन । यसकारण आगामी दिनमा यो समूहको सूचक अझ तल जान्छ भन्न कुनै आइतबार पर्खिरहनुुपर्दैन ।
अब के गर्ने ?
सेयर बजारमा बिमामा आँखा चिम्लिएर लगानी गरेका धेरै लगानीकर्ता डूबिसकेका छन् । तर, राम्रा बिमा कम्पनीको सेयर छ भने अत्तालिएर बिक्री नगरिहाल्नुु नै यस्तो अवस्थामा बुद्धिमानी हुन्छ । राजनीतिक अन्यौलता केही सहज, निर्वाचनको मिति घोषणा तथा लगानीयोग्य रकम केही खुकुलो भएपछि बजारको बाउन्स ब्याक हुनेछ । यस्तो बेलामा अन्य सूचक झै बिमाको सूचकमा समेत बढोत्तरी हुने देखिन्छ । तपाईंले कम्पनीको अवस्था राम्ररी बुुझ्नुु भएको छ र घट्दो बजारमा समेत तपाईको कम्पनीले राम्रो गर्नसक्छ भन्ने लाग्छ भने अहिले चूपचाप बस्दा नै उत्तम हुनेछ । 
अर्कोतर्फ, राम्रो कम्पनी छ, तर कतिपय लगानीकर्ता कुरा नबुझी सेयर बिक्री गरिरहेका छन् भने घटेको मूल्यमा यही बेला सेयर उठाउनुुभयो भने चाहि भविष्यमा यो निर्णय तपाईका लागि महत्वपूर्ण साबित बन्नसक्छ । कारण, बजार घटेर न्यून बिन्दूूमा पुुगेपछि राम्रा कम्पनीको सेयर सोरपटार पारी किन्ने र नियोजित रुपमा फेरि बजार उचाल्ने र महंगोमा बिक्री गर्ने समूहहरु यहाँ पनि सक्रिय छन् । चलाख कारोबारीहरुले अपनाउने रणनीति पनि हो यो । घटेर तल्लो स्तरमा पुुगेको बजारबाट राम्रो कम्पनी पहिचान गरी खरीद गर्ने र केही महिना चूपचाप बसी बजार बढेको बेला बिक्री गर्ने । तर यसो भनेर घट्दो बजारमा अवस्था नाजुक बनेका र भोलिका दिनमा प्रगति गर्ने संभावना समेत नरहेका कम्पनीमा अन्धाधुन्ध, हावाको भरमा वा कसैले उचालेको भरमा लगानी गर्नुभयो भने सोच्नुुहोस्, तपाई अझ धेरै डूूब्ने निश्चित छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19