काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी पनि १६६ प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ । 

बिमा समितिले बिमा कम्पनीहरुको चुक्तापूँजीमा ४ गुणासम्मको वृद्धि गर्न निर्देशन दिएपछि चुक्तापूँजी बढाउने चटारो सुरु भएको हो । 

हिमालयन जनरल इन्स्यारेन्सले १ सय रुपैयाँ अंकित मूल्यको कुल ६४ लाख २० हजार कित्ता हकप्रद निश्कासनको अनुमति मागेको हो । 

यो कम्पनीको हकप्रद निश्कासन तथा व्यवस्थापनमा एनएमबी क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 

यो बिमा कम्पनीको चुक्तापँुजी ३८ करोड ५२ लाख रुपैयाँ रहेको छ । १६६ प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी बढेर १ अर्ब २ करोडको उचाईमा पुुग्नेछ । बिमा समितिले निर्जिवन बिमा कम्पनीको चुक्तापूँजी ०७५ असार मसान्तसम्म १ अर्ब पुर्याउनुपर्ने निर्देशन दिएको छ । हिमालयन जनरल इन्स्योरेन्सले हकप्रदबाटै तोकिएको चुक्तापूँजी पुर्याउने रणनीति अख्तियार गरेको हो ।