काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ। कारोबार खुलेदेखि निरन्तर ओरालो लागेको बजार २८ अंकले घटेर बन्द भएको छ। 

प्राविधिक रुपमा बजारलाई हेर्दा आज नेप्सेमा बियरिस मारुबुजु क्यान्डल बनेको छ। योसँगै केही समय १८५० को विन्दुमा टिकेको बजार आज त्यहाँबाट पनि तल झरेको छ। यसले अघिल्लो साता बनेको ट्विजर बटम इन्भ्यालिड हुन पुगेको छ।  

बजार घट्दा आज कारोबार भने बढेको छ। यसले बजारमा बिक्री दबाब परेको देखिन्छ। डाउ थेउरीमार्फत बजारलाई हेर्दा आज नयाँ लोवर लो बनाएको छ। 

बोलिंगर ब्यान्डमार्फत बजारलाई हेर्दा आज मूल्यरेखाले तल्लो ब्यान्डलाई ब्रेक डाउन गरेको छ। 

म्याक्डीमार्फत हेर्दा आज बियरिस क्रसओभर बनेको छ भने हिस्टोग्राम नेगेटिभ र लामा–लामा बनेका छन्। आरएसआई आज ३० भन्दा तल २८ को विन्दुमा ओभर सोल्ड जोनमा रहेको छ।  

पिभट प्वइन्टमार्फत हेर्दा यदि बजार घटेमा पहिला, दोस्रो र तेस्रो सपोर्ट क्रमशः १८३८, १८११ र १७६६ को विन्दुमा रहेको छ भने बढेमा प्रतिरोध क्रमशः १८८३, १९११ र १९५६ मा लिनेछ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।