काठमाण्डौ । सेयर बजारमा आज पनि दिनभर नै उतारचढाव नै देखिएको छ। कारोबारको पहिलो प्रहरमा करिब २६  अंकले बढेको बजार अन्तिममा २६ अंकले नै घटेर बन्द भएको छ। 

प्राविधिक रुपमा आजको बजारले माथि लामो धागो अर्थात बियरिस प्रकृतिको क्यान्डल  बनाएको छ। अघिल्लो दिनको कारोबारमा बजारले बियरिस स्पिनिङ टप क्यान्डल बनाएको थियो। 

आजको बनेको क्यान्डलले अघिल्लो दिनको कारोबारमा बनेको बियरिस स्पिनिङ टप क्यान्डललाई भ्यालिड गरेको छ। यसले बजार सामान्य करेक्सन हुन सक्ने देखिन्छ। 

डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा बजार अपर ब्यान्डमा छोएर झरेको छ। म्याक्डीमा केही समयपहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै छ। हिस्टोग्राम फिक्का र केही छोटो बनेको छ। 

आरएसआईमार्फत हेर्दा बजार ओभरबट जोन ७५ बाट करेक्सन भएर आज ६८ को तहसम्म झरेको छ। बजारलाई मनी फ्लो इन्डेक्सबाट हेर्दा ७५ को तहबाट करेक्सन आएको छ। 

यी सबै इन्डिकेटरमार्फत नियाल्दा लगातार बढेको बजारमा करेक्सन आएको बुझिन्छ। 

एकपटक बढेको बजार घटेपछि अब कति तलसम्म आउन सक्छ भनेर अनुमान लगाउने एउटा विधि भनेको फिवोनासी रिट्रेसमेन्ट पनि हो। बजारलाई पछिल्लोपटकको न्यून विन्दु १८३५ देखि आजको इन्ट्राडे हाई २११६ सम्म फिवोनासी तानेर हेर्दा अबको ०.२३ प्रतिशतको सपोर्ट २०५० मा हुन आउँछ भने ०.३८ प्रतिशतको सपोर्ट भनेको २००८ को विन्दु देखिन्छ। 

बजारलाई इलिअट वेभको गाइडलाइनअनुसार पनि हेर्ने हो भने पछिल्लोपटक बन्दै गरेको करेक्सन सानो टाइम फेरमको (मिनेट डिग्री) वेभ–४ बनाउँदै गरेको देखिन्छ। यो भनेको ०.३८  प्रतिशतसम्म हुन आउँछ।  यदि त्यसो हो भने बजारले अहिलेको करेक्सन २००० माथि नै सकिने सम्भावना अधिक देखिन्छ। 

इचिमोकु र सुपर ट्रेन्डमार्फत हेर्दा बजार अप ट्रेन्डमा नै रहेको मान्न सकिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।