काठमाण्डौ । कारोबारको सुरुआती चरणमा सामान्य अंकले बढेको सेयर बजार आज अन्तिम समयमा ३६ अंकले घटेर बन्द भएको छ।
सोमबार र मंगलबारको कारोबारमा बजार ६३ अंकले घटिसकेको छ। गत आइतबार भने बजार ६३ अंकले नै बढेको थियो।
डेली बेसमा बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा अप्पर ब्यान्डमा छोएर मध्य ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। भोलुममार्फत बजारलाई हेर्दा आज भोलुम घट्दा कारोबार पनि घटेको छ। तर, हिजोको तुलनामा आज नेप्से सूचक भने बढी अंकले घटेको छ।
म्याक्डीमार्फत बजारलाई हेर्दा हिस्टोग्राम सकारात्मक रहे पनि केही फिक्का बनेको छ। तर, बियरिस क्रसओभर भने भइसकेको अवस्था होइन।
आरएसआईमार्फत बजारलाई हेर्दा ७५ को तहबाट खसेर हाल ५९ को तहमा आएको छ। मनी फ्लो इन्डेक्समा भने बजार ७६ को तहमा रहेको छ। यस्तो इन्डेक्स बजार बढ्दा ९८ सम्म पुग्न सक्छ।
क्यान्डल स्टिकमार्फत हेर्दा आज बजारले बियरिस मारुबुजु क्यान्डल बनाएको छ।
समग्र चारवटै इन्डिकेटरबाट हेर्दा भने बजारमा नाफा बुक भएको देखिन्छ।
ट्रेन्ड लाइनमार्फत हेर्दा आज २१६४ को विन्दुमा बन्द भएको बजारले अबको नजिकको पहिलो सपोर्ट २१५० मा लिन सक्छ। यदि त्यहाँबाट पनि घट्छ भने बजारले दोस्रो सपोर्ट २१२१ र तेस्रो सपोर्ट २१०१ मा लिन सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण करोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19