काठमाण्डौ । सेयर बजारको आज दोहोरो अंकले घटेको छ। कारोबारको पहिलो, दोस्रो र तेस्रो आवरमा लगातार अंकले घटेको बजार अन्तिममा भने केही सम्हालिन खोजेको देखिन्छ। तर, आज बजार घट्दा कारोबार बढेको छ। यो त्यति राम्रो भने मान्न सकिन्न।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिंगरको मध्य ब्यान्डभन्दा तल बियरिस प्रकृतिको क्यान्डल बनेको छ। यसले बजारमा बिक्री दबाब परेको र अझै केही समय पर्न सक्ने देखिन्छ।
म्याक्डीमार्फत आजको बजारलाई हेर्दा केही समयपहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ। डेली बेसमा आरएसआई ४१ को तहमा रहेको छ।
घट्दो बजारमा आरएसआई ३० को तहसम्म आउन सक्छ। आरएसआई हाल डाउन ट्रेन्डमै रहेको देखिन्छ।
मनी फ्लो इन्डेक्सबाट पनि बजारमा कुनै सुधारको अवस्था अहिले नै भइहाल्न सक्ने देखिँदैन।
पिभटमार्फत हेर्दा आज बजारले पहिलो सपोर्ट २०५० को विन्दुमा लिएको देखिन्छ। यदि बजार त्यहाँबाट पनि तल झर्छ भने अबको दोस्रो सपोर्ट भनेको २०२० मा रहेको देखिन्छ। यो भनेको फिवनासीको ०.५ को पनि सपोर्ट हो।
यदि बजार त्यहाँबाट पनि तल जान्छ भने तेस्रो सपोर्ट १९८० आसपास देखिन्छ। यो भनेको फिवनासीको ०.६१ प्रतिशत रहेकोले बजार अधिक घटेमा सबैभन्दा बलियो सपोर्ट यो विन्दुमा देखिन्छ।
बढेमा भने बजारले क्रमशः २०९६, २१३१ र २१७३ मा प्रतिरोधको सामना गर्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19