काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार करिब २९ अंकले घटेर बन्द भएको छ। यससँगै यो साता पनि बजारको घट्ने क्रमले निरन्तरता पाएको छ। 

प्राविधिक रुपमा आजको बजारमा बियरिस मारुबुजु क्यान्डल बनेको छ। बजारलाई डेली बेसमा हेर्दा बोलिंगर ब्यान्डको तल्लो विन्दुमा आज बियरिस मारुबुजु क्यान्डल बनाएको छ। यसले घट्दो बजारलाई संकेत गर्छ। 

बजारलाई म्याक्डीमार्फत हेर्दा पनि एक महिना पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा नै हुँदै गएका छन्।

बजारलाई पिभट र आरएसआईमार्फत हेर्दा भने  कुनै पनि बेला रिभर्सल लिन सक्ने देखिन्छ। 

डेली बेसमा आरएसआई ओभर सोल्ड जोन ३० आसपास आइपुगेको छ। यसअघि पनि यस्तो विन्दु ३० भन्दा केही तल आएर साइडवेज चलेपछि बजारले माथिको यात्रा तय गरेको थियो। 

पिभटमार्फत पनि बजारलाई हेर्दा चौथो सपोर्ट करिब १९२८ मा सपोर्ट लिन खोजेको देखिन्छ। त्यसपछिको सपोर्ट १९०८ मा लिन सक्छ। त्यहाँ बाट पनि बजार तल जान्छ भने १८९० मा भने  बलियो सपोर्ट लिन सक्छ। यो विन्दु भनेको इलिअट वेभको ‘सी’ वेभको अन्तिम विन्दु पनि पर्न जान्छ। 

बढेमा भने बजारले क्रमशः १९९७, २००९ र २०२८ को विन्दुमा प्रतिरोध सामना गर्न सक्छ। 

बजार घट्दा भने आज अघिल्लो कारोबारको तुलनामा केही कारोबार बढेको छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि भने सिफारिस होइन।