काठमाण्डौ। ह्युुन्डाईले हालैमात्र बीएस सिक्स कम्प्लायन्ट स्यान्ट्रोलाई आधिकारिक रुपमा लन्च गरेको छ।
बीएस सिक्स इन्जिनको आउटपुुट बीएस फोर भर्जनको बराबर छ। बीएस सिक्स ह्युुन्डाई स्यान्ट्रोमा १.१ लिटरको पेट्रोल इन्जिन छ। जुन पहिलेको जस्तै ६९ एचपी पावर र ९९ एनएम टार्क जेनेरेट गर्दछ। तथापि बीएस सिक्स भर्जनमा कारको माइलेज केही कम भएको छ।
यो कारको माइलेज २० किलोमिटर प्रतिलिटर छ। जुन बीएस सिक्सको तुुलनामा ०.३ किलोमिटर प्रतिलिटर कम छ।
यी कारहरुसँग स्यान्ट्रोको टक्कर
ह्युुन्डाई स्यान्ट्रो कारको टक्कर मारुती सिलेरियो र टाटा टियागोजस्ता कारहरुसँग हुुनेछ। यी सबै कारहरु बीएस सिक्स कम्पलाइन्ट हुुन्। यी चारवटै बीएस सीक्स कम्पलाइन्ट कारहरुमा सबैभन्दा धेरै माइलेज कसको छ त ? आउनुुस् जानौँ–
कुुन कारको माइलेज कति ?
ह्युुन्डाई स्यान्ट्रोमा १.१ लिटरको पेट्रोल इन्जिन रहेको छ। जसको माइलेज २० किलोमिटर प्रतिलिटर छ। त्यस्तै सिलेरियोमा १.० लिटरको इन्जिन उपलब्ध रहेको छ र यसको माइलेज २१.६३ किलोमिटर प्रतिलिटर रहेको छ।
वागेनआर दुुई इन्जिन अप्सन १.० लिटर र १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध छ। वागेनआरको १.० लिटर इन्जिनको माइलेज २१.७९ किलोमिटर र १.२ लिटर इन्जिनको माइलेज २०.५२ किलोमिटर प्रतिलिटर छ।
टाटा टियागोको कुुरा गर्नुुपर्दा यसमा १.२ लिटरको पेट्रोल इन्जिन उपलब्ध रहेको छ र यसको माइलेज १९.८ किलोमिटर प्रतिलिटर छ।
सबैभन्दा धेरै माइलेज कसको ?
यी चार कारहरुमा सबैभन्दा धेरै माइलेज १.० लिटर इन्जिनवाला वागेनआरको छ। त्यपछि सबैभन्दा धेरै माइलेज सिलेरियो र त्यसपछि १.२ लिटर इन्जिनवाला वागेनआरको छ।
टियागोको माइलेज यी कारहरुमध्ये सबैभन्दा कम छ। टाटा टियागोको माइलेजको आँकडा केवल म्यानुुअल गियरबक्सका साथमा रहेको छ। जब कि अन्य सबै कारको म्यानुुअल र अटोमेटिक दुुवै गियरबक्स संग रहेको छ।
मूल्य
बीएस सिक्स कम्पलायन्ट ह्युुन्डाई स्यान्ट्रोको मूल्य भारु ४.५७ लाखदेखि ६.२० लाख बीचमा रहेको छ। मारुती सिलेरियो भारु ४.४१ लाखदेखि ५.५८ लाख बीच रहेको छ।
त्यस्तै वागेनआरको मूल्य भारु ४.४५ लाखदेखि ५.९५ लाख बीच रहेको छ।
यी कारहरुमध्ये सिलेरियोको मूल्य सबैभन्दा कम छ भने टाटा टियागोको मूल्य सबैभन्दा धेरै। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19