काठमाण्डौ । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रवधियुक्त सेवा प्रदान गर्ने उद्दश्यले आफ्नो बैकिङ सेवा बीओके स्मार्टलाई परिमार्जन गरेको छ ।

परिमार्जित गरिएको मोबाइल बैंकिङ सेवाद्वारा ग्राहकवर्गहरुले आफ्नो औठाछापद्वारा सजिलै लगइन एवम् कारोवार गर्न मिल्ने सुरक्षा प्रणाली अपनाइएको छ । 

यसका साथै ग्राहकहरुले क्यूआर कोड मार्फत सजिलै रकमान्तर गर्न सकिने, फोन पेको नेटवर्कमा रहेको विभिन्न मर्चेन्टहरुलाई रकम भुक्तानी गर्न सकिने अकाउन्ट ड्यासबोर्ड मार्फत महिनाभरिको मौज्दातको विवरण हेर्न सकिने सुविधा उपभोग गर्न सक्नेछन् ।

बीओकेको नँया संस्करणद्वारा ग्राहकहरुले बैंकको शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् । ग्राहकहरुले गुगल प्ले स्टोरमा उपलब्ध बीओके स्मार्टको नँया संस्करणलाई अद्यावधिक गरी यो सेवा उपभोग गर्नसक्ने बैंकले प्रष्ट्याएको छ ।