काठमाण्डौ । दशैं तथा तिहारको अवसरमा बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्डबाहकलाई विशेष छुटको व्यवस्था गरेको छ । 

यो अफरअन्तर्गत बैंक अफ काठमाण्डूका ग्राहकवर्गहरुले आफ्नो कार्डमार्फत ग्राण्डी हस्पिटलको सेवा लिए बापत ७.५ प्रतिशत, एलजी लाइफस्टाईल प्रा. लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत, सि.जि. डिजिटल प्रा.लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत, दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १० प्रतिशत, सुलक्स एण्ड कम्पनीमा १० प्रतिशत, फलानो लुगाको कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत र अर्गानिक चुलो बत्तिस पुतलीमा १५ प्रतिशत  छुटको लाभ उठाउन सकिने बताइएको छ । 

बैंकद्वारा यो सुविधा सीमित अवधिका लागि मात्र लागू गरेको छ ।