काठमाण्डौ । बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्डधनी ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । 

फागुन  २६ गते भएको सम्झौता अन्तर्गत बैंक अफ काठमाण्डूूका ग्राहकहरुले आफ्नो कार्ड मार्फत त्रीपुरेश्वर स्थित ब्लूक्रस हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउनेछन् । 

सम्झौतामा बैंक अफ काठमाण्डूको तर्फबाट कार्ड विभाग प्रमुख अमर राजभण्डारी तथा ब्लू क्रस हस्पिटलको तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।