काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले आफ्नो सेवा तथा सुविधाहरुलाई थप बिस्तार गर्ने उद्देश्यले ८ वटा थप शाखाबाट सेवा बिस्तार गरेको छ । 

यी शाखाहरु ईन्द्रसरोवर, मकवानपुर; गढीमाइ, रौतहट; तीनपाटन, सिन्धुली; इस्मा, गुल्मी; छिन्नमस्ता, सप्तरी; मालिका, गुल्मी; खनियाबास, धादिङ्ग; पातारासी, जुम्ला गाउँपालिकामा अवस्थित छन् । 

आर्थिक वर्ष २०७५/२०७६ को दोस्रो त्रैमासिकको अन्तसम्म बैंकले कुल निक्षेप रु. ८०.२१ अर्ब परिचालन गरी कुल कर्जा रु. ७३.५३ अर्ब प्रवाह गरेको छ । 

हाल बैंकले ८४ शाखा, ७५ एटीएम तथा ८ वटा एक्सटेन्सन् काउण्टरबाट आफ्नो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।