काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्डबाहक ग्राहकहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गर्दै बिओके भिसा नगद फिर्ता योजना  सार्वजनिक गरेको छ । 

कार्डबाहक ग्राहकहरुले नगद फिर्ता योजनाको सदुपयोगका लागि एक महिनाभित्र पीओएस(पस) तथा इकमर्स कारोबार गर्दा रु. ५०० नगद फिर्ता पाउनेछन् । 

जसअन्तर्गत एक महिनाभित्र कम्तीमा २ वटा पस कारोबार गर्दा रु. २५० नगद फिर्ता हुने तथा कम्तीमा २ वटा इकमर्स कारोबार गर्दा रु. २५० नगद फिर्ता पाइने बैंकले जनाएको छ । 

यो नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुसार लागू हुनेछ । यस योजनाको उच्चतम फाइदा सदुपयोगका लागि प्रत्येक कारोबार रु. ५०० वा सोभन्दा बढी हुनुपर्नेछ । यो नगद फिर्ता योजना सीमित अवधिका लागि मात्र भएकोले छिट्टै लाभ लिन ग्राहकहरुलाई बैंकले अनुरोध गरेको छ । 

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिंदै आएको छ ।