काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले ‘बीओके सफलता मुद्दती खाता’ नामको निक्षेप योजना सार्वजनिक गरेको छ । 

“सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा” भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको उक्त खातामा ग्राहकहरुले रु ११ लाखसम्मको बीमा सुबिधासहित वार्षिक ९.७५ प्रतिशत ब्याजदरको सुबिधा पाउनेछन् । 

यस्तो खालको मुद्दती खाता रु. २५,००० देखि नै खोल्न सकिने र ग्राहकहरुले उक्त खाता खोली बीमा लगायत थुप्रै सुबिधाहरुको उच्चतम लाभ लिई ढुक्क हुने बिश्वास बैंकले लिएको छ ।  

साथै, बीमा सुबिधा अन्र्तगत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए रु. ५ लाख, १८ घातक रोगहरु लागेको खण्डमा रु. ५ लाख तथा औषधी उपचारका लागि रु. १ लाखको बीमा सुबिधा अन्र्तगत बहिरंग(ओपीडी)का लागि रु. २०,००० तथा अस्पताल भर्ना भई उपचार गर्दा रु.८०,००० सम्मको बिमा सुबिधा पाउनेछन् । 

बिमा सुबिधा बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सहकार्यमा उपलब्ध गराएको छ । जस अन्तर्गत बीमा शुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडलाई भुक्तानी गर्नेछ । 

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।