काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको भदौ २ गते बसेको संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)को पदमा शोभनदेव पन्तलाई चार वर्षका लागि नियुक्त गरेको छ । 

बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्जर हुनुअघि पन्त लुम्बिनी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत थिए । उनीसँग ३० वर्षभन्दा लामो बैकिङ अनुभब छ । नबिल बैंकबाट बैकिङयात्रा सुरु गरेका पन्तले सो बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत काम गरेका थिए । 

नेपाल राष्ट्र बैंकको वित्तीय सुधार कार्यक्रमअन्तर्गत उनी नेपाल बैंक लिमिटेडको व्यवस्थापनमा समेत संलग्न थिए । त्यसअघि नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत रहिसकेका पन्त एक अनुभवी, सक्षम तथा व्यवसायिक बैंकरको रुपमा चिनिने बैंकले जनाएको छ । उनले भदौ ४ गतेदेखि कार्यभार सम्हाल्ने बताइएको छ ।