काठमाण्डौ । बैंक अफ काठमाण्डू(बीओके) लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरायसी विद्युतीय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । 

नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दीसहितको विशेष योजनामा बैंकको क्रेडिट कार्डबाहक ग्राहकले आफूलाई आवश्यक सीजी, एलजी, गोदरेज, टिसीएल, सेन्सेई, इलिका, केन्ट तथा ब्ल्याक एण्ड डेकोर ब्रान्डको घरायसी विद्युतीय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । 

बैंकका अनुसार यस योजनाअन्र्तगत बैंकको क्रेडिट कार्डबाहक ग्राहकले सीजी, एलजी, गोदरेज, टिसीएल, सेन्सेई, इलिका, केन्ट तथा ब्ल्याक एण्ड डेकोर ब्रान्डको घरायसी विद्युतीय उपकरणहरु जस्तै टिभि, मोबाइल, म्यूजिक सिस्टम, लुगा धुने मेसीन, एसी, माइक्रोवभ, भ्याकुम क्लिनर, डिस वासर, स्टाइलर, वाटर प्यूरिफायर सिस्टम, चिम्नी एण्ड किचन अप्लाइसेन्स किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । 

यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतीय उपकरण खरिद गर्दा ग्राहकलाई कुनै पनि ब्याज लाग्ने छैन । बैंक अफ काठमाण्डू लिमिटेड र सिजी डिजीटल प्रालिबीच भएको ब्यापारिक सम्झौताअन्तर्गत बैंकका ग्राहकलाई सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट उपलब्ध हुनेछ ।

सीजी सोरुमहरु रहेका स्थान
कुमारीपाटी, रबिभबन, टंगाल, त्रिपुरेश्वर, नयाँबजार, भक्तपुर, किर्तिपुर, हात्तिगौंडा, इटहरी तथा भरतपुर

एलजी सोरुम रहेका स्थान
मिनभबन, सिभिल मल, जावलाखेल, कान्तीपथ, चाबहिल, सितापाइला, इमाडोल तथा बिराटनगर