काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले बिराटचोक तथा इमाडोलमा आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ।

विराटचोक शाखा कार्यालय पुस २६ गते बैंकका संचालक प्रा.डा. हेमराज सुबेदी, प्रदेश सभाका राजकुमार ओझा तथा उद्योग वाणिज्य संघ सुन्दर हरैचाका अध्यक्ष नवराज चापागाईको उपस्थितमा उद्घाटन गरिएको हो। 

यसैगरी, इमाडोल शाखाको पनि पुस २६ गते नै बैंकका संचालक सञ्जयबहादुर शाह तथा महालक्ष्मी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नन्दकुमार न्यौपानेको उपस्थितिमा गरिएको हो। यस शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जानकारी गराएको छ ।

आर्थिक वर्ष २०७४/२०७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप रु.६९.१५ अर्ब परिचालन गरी कुल कर्जा रु. ६२.३३ अर्ब प्रवाह गरेको छ। हाल बैंकले ७५ शाखा, ६७ एटीएम, ८ वटा एक्सटेन्सन् काउण्टर तथा १७ शाखारहित बिन्दुहरुबाट ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।