काठमाण्डौ । बैंक अफ काठमाण्डूले महिला वर्गहरुलाई लक्षित गरी नयाँ गृहलक्ष्मी सेभिङ खाता सञ्चालनमा ल्याएको छ । 

यस खातामा ५.२५प्रतिशत ब्याज भुक्तानी गरिनेछ । 

साथै निःशुल्क ए.टी.एम कार्ड(३ वर्षको अवधि),  निःशुल्क बी.ओ.के. स्मार्ट (सुरुको पहिलो वर्ष), लकर सुविधामा ५० प्रतिशत छुट, निशुल्क ब्यालेन्स सर्टिफिकेट र रिटेल कर्जा प्रवाह शुल्कमा ०.२५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

साथै तीजको शुभकामना सहित विशेष डिजाइनको कि–रिङ निःशुल्क प्रदान गरिने बैंकले जनाएको छ ।