काठमाण्डौ । बैंक अफ काठमाण्डूको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमीटेडले दुई महिनासम्म निःशुल्क डिम्याट खाता खोल्ने अफर सार्वजनिक गरेको छ । 

यो कम्पनीले जेठ र असार महिनाभरि निःशुल्क डिम्याट खाता खोल्ने अफर सार्वजनिक गरेको हो । 

क्यापिटलका सीइओ दिनेशप्रसाद खतिवडाले एक विज्ञप्ति जारी गरी निःशुल्क खाता खोलिने सुविधा बीओके क्यापिटल मार्केटको कमलादीस्थित मुख्य कार्यालय र बैंक अफ काठमाण्डू लिमीटेडका देशैभरका शाखाहरुबाट उपलब्ध हुने जनाएका छन् ।