काठमाण्डौ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमीटेड र बैंक अफ काठमाण्डू लिमीटेडबीच असोज ७ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार एन.बी.आईले बैंक अफ काठमाण्डूका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौताअनुसार बैंक अफ काठमाण्डूले आफ्ना कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउनेछ ।

सम्झौतापत्रमा बैंक अफ काठमाण्डूका तर्फबाट चिफ अपरेटिङ अफिसर महेश मिश्रा र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाबीच हस्ताक्षर भएको हो ।