काठमाण्डौ । बैंक अफ काठमाण्डू(बीओके) लिमिटेडले आफ्नो कार्डबाहक ग्राहकहरुलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुबिधा ल्याएको छ । 

यस सुबिधाबाट बैंकको नयाँ ग्राहकहरुले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहकले आफ्नो कार्डको पिन रिसेट गर्न सक्ने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । 

नयाँ कार्डबाहक ग्राहकले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर इन्टर योर ओटिपी मेनु छानी आफैंले पिन सेट तथा रिसेट गर्न सक्ने बैंकले जनाएको छ । यसपछि कार्डबाहकले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंकको ओटिपी(वन टाइम पासवर्ड) प्राप्त गर्नेछन् । मोबाईल नम्बरमा प्राप्त ६ अंकको सो ओटिपी प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सकिनेछ ।