काठमाण्डौ । बीमा समितिले सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। 

बीमा समितिले सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५२६३ प्रतिशत लाभांश स्वीकृति गरेको छ। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५६३ प्रतिशत नगद लाभांश छन्।

यसैबीच हिजो सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले यही वैशाख २८ गते कम्पनीको २५ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।