 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको निर्देशनपछि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९को प्रस्तावित लाभांशमा संशोधन गरेको छ।
गत पुस १८ गते कम्पनीले उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८१९ रुपैयाँको ६.५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.३४२ प्रतिशत नगद लाभांश गरी कुल ६.८४२ प्रतिशत लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस गरेको थियो।
त्यसपछि प्राधिकरणले लाभांशमा संशोधन गर्दै आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गर्न कम्पनीलाई निर्देशन दिएको थियो।
प्राधिकरणको निर्देशनबमोजिम अब कम्पनीले चुक्तापुँजी कुल ३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा ३.३२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१७५ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19