काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा दिन सूचीकृत हुनका लागि आह्वान गरेको छ। 

प्राधिकरणले सूचना जारी गर्दै सर्भेयरको परीक्षा दिन बीमा प्राधिकरणबाट लिएको तालिमको प्रतिलिपिसहित १५ दिनभित्र ई–मेलमा पठाउन भनेको हो। बीमा ऐन, २०७९ जारी भएपश्चात बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्र इजाजत पत्र दिने व्यवस्थाबमोजिम भदौ ७ गतेको मितिभन्दा अघि बीमा प्राधिकरणबाट सर्भेयरको तालिम लिएका व्यक्तिलाई सर्भेयरको परीक्षा दिन बीमा प्राधिकरणले आग्रह गरेको छ। 

सम्बन्धित व्यक्तिहरुले प्राधिकरणले उपलब्ध गराएको ई–मेलमार्फत तालिमको प्रतिलिपि पठाउन सक्नेछन्। 

प्राधिकरणले बीमा मध्यस्थकर्ता र सर्भेयरको लाइसेन्स वितरणमा कडाइ गरेको छ। बीमा ऐन, २०७९ पश्चात् प्राधिकरणले सर्भेयरको लाइसेन्स वितरणका लागि अनिवार्य तालिम र परीक्षाको व्यवस्था गरेको छ। 

बीमा सर्भेयर निर्जीवन बीमा व्यवसायका लागि एक महत्वपूर्ण अंग हुन्। सर्भेयरले घटनास्थलमा पुगेर क्षतिको मूल्यांकन गरेपछि मात्रै बीमकले बीमितलाई दाबी भुक्तानी गर्ने गर्दछ।