काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले असोज २ गते लिएको बीमा सर्भेयरको परीक्षाबाट छनौट भएका सर्भेयरहरुको नेमलिस्ट तयार पारेको छ। प्राधिकरणका अनुसार १५ जना सर्भेयर छनौट भएका छन्। 

प्राधिकरणको केन्द्रीय कार्यालयबाट सञ्चालित बीमा सर्भेयरको अनलाइन परीक्षामा २८ जनाले सहभागी जनाएका थिए। परीक्षा दिनेमध्ये १५ जना छनौट भएका छन् भने बाँकी सर्भेयरको लाइसेन्स पाउन अयोग्य ठहरिएका छन्। 

बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिएबमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्थाबमोजिम प्राधिकरणले पहिलोपटक बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन गरेको थियो। जसमा सहभागी २८ मध्ये १५ जनामात्रै छनौट भई बीमा सर्भेयरको इजाजत पाउन योग्य भएका छन्। 

छनौट हुनेहरुमा मिलन सिग्देल, अशेस घिमिरे, भिमेसचन्द्र आचार्य, असिम गुरागाईं, विश्वास थापा, रामबहादुर श्रेष्ठ, मोहन गौतम, निकेश गौतम, विकासकुमार रोशन, अजय केसी, ललित भाट, चूडामणि सुवेदी, नवीनकुमार श्रेष्ठ, प्रवीण कार्की र राजन थापा रहेका छन्। 

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणबाट सञ्चालित परीक्षामा सफल भई लाइसेन्स प्राप्त गर्ने बीमा सर्भेयरहरुको कार्य गुणस्तरयुक्त एवं प्रभावकारी हुने र त्यसबाट बीमा दाबी भुक्तानीमा समेत सहजता हुने विश्वास व्यक्त गरेका छन्।