काठमाण्डौ । साताको पहिलो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स २१.४६ अंकले घटेर १८२६ विन्दुमा कायम हुन पुगेको छ । 

नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये होटल तथा पर्यटन इन्डेक्स बाहेकका सबै इन्डेक्सहरु राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचकहरु घटेका छन् । जीवन बीमा उपसूचक ०.६८ प्रतिशत र निर्जीवन उपसूचक १.१८ प्रतिशतले घटेको छ । 

बीमा उपसूचकहरु राताम्य हुँदा दुई वटा जीवन बीमा कम्पनीको मात्रै सेयरभाउ उकालो लागेको छ । एलआईसी नेपालको सेयरभाउ ०.३८ प्रतिशत अर्थात् ५ रुपैयाँले बढेर १३१४ रुपैयाँ पुगेको छ । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको ०.११ प्रतिशत अर्थात् ६० पैसाले बढेर ५४२ रुपैयाँ १० पैसा पुगेको छ । 

त्यस्तै, आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.७४ प्रतिशत अर्थात् १९.१० रुपैयाँले घटेर ६७८ रुपैयाँ ९० पैसा कायम भएको छ । 

यसका साथै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २.१९ प्रतिशत, सानिमा रिलायन्स लाइफको. २.१७ प्रतिशत, सूर्यज्योति लाइफको १.८९ प्रतिशत, सलिकोको १.८४ प्रतिशत, रिलायबल नेपाल लाइफको १.७५ प्रतिशतले घटेको छ ।

त्यसैगरी, नेपाल इन्स्योरेन्सको १.२७ प्रतिशत , नेपाल पुनर्बीमा कम्पनीको १.२६ प्रतिशत, नेको इन्स्योरेन्सको १.२३ प्रतिशत, सानिमा जीआईसीको १.०६ प्रतिशत, सिटिजन लाइफको १.०५ प्रतिशत, हिमालयन एभरेष्टको १.०५ प्रतिशत, युनाइटेड अजोडको १.०३ प्रतिशत, एशियन लाइफको ०.९९ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.८३ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको ०.७४ प्रतिशत, सन नेपाल लाइफको ०.७२ प्रतिशत, हिमालयन लाइफको ०.५३ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३३ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.०१ प्रतिशतले सेयरभाउ घटेको छ । 

त्यस्तै, बीमा कम्पनीहरुमा आज सर्वाधिक कारोबार हुने कम्पनीमा सानिमा जीआईसी इन्स्योरेन्स रहेको छ । कम्पनीको आज एकैदिन १ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

आइएमई लाइफको १ करोड ४१ लाख, सिटिजन लाइफको १ करोड ३७ लाख र नेपाल रि इन्स्योरेन्सको १ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।