काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको परीक्षामा हालसम्म २१९ जना उत्तीर्ण भएका छन् । 

गत कात्तिक १७ गतेदेखि सञ्चालन भएको बीमा अभिकर्ताको परीक्षामा उत्तीर्ण भई ती परीक्षार्थीले अभिकर्ताको लाइसेन्स प्रांप्त गरेका हुन् । प्राधिकरणले अभिकर्ता लाइसेन्स वितरणमा कडाई गर्नका लागि आफैंले कात्तिक १७ गतेदेखि भर्चुअल माध्यमबाट परीक्षा सञ्चालन गर्दै आइरहेको छ । 

प्राधिकरणले मंसिर महिनाका लागि समेत १५ गतेसम्मको परीक्षा तालिका सार्वजनिक गरिसकेको छ । परीक्षामा कसरी सहभागी हुने बारेमा प्राधिकरणले गाइडलाइन यसअघि नै आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरिसकेको छ । 
नामावली पढ्न यहाँ क्लिक गर्नुहोस् :