काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले रुपन्देहीको बुटवलस्थित बेलबास क्षेत्रमा शाखा स्थापना गरी औपचारिक उद्घाटन गरेको छ ।
बुटवल वडानम्बर १३ मा स्थापित बेलबास शाखाको एक समारोहका बीच एनआइसी एशिया बैंकका मानव संसाधान तथा विकास अधिकृत कपील ढकालले चैत ९ गने एक समारोहका बीच उद्घाटन गरे ।
सो शाखाको उद्घाटन समारोहमा ढकालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्धि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याइइरहेको जानकारी दिए ।
हाल यो बैंकको देशभर २८१ शाखा कार्यालय रहेका छन् । २८९ एटीएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाईको विशाल सञ्जालमार्फत करिब १४ लाख ५० हजार ग्राहकलाई बैंकले सेवा दिइरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19