रुपन्देही । प्रदेश ५को राजधानी बुटवलमा सुविधासम्पन्न विभिन्न ब्राण्डका साना गाडीहरुको मर्मत सम्भार साथै डाइग्नोस्टिक तथा स्क्यानिङ, पेन्टिङ तथा सम्पूर्ण कार्य गर्ने गरी बुटवलमा रोडिज अटो मार्ट स्थापना भएको छ ।
रु. ५ करोडको एकल लगानीमा उक्त मार्टको सुरु भएको हो ।
एक कार्यक्रमका बीच बालब्रम्हचारी ईश्वरीय विश्व विद्यालय नेपालका सहनिर्देशक, बाल ब्रहमचारिणी वरिष्ठ राजयोगिनी कमला दिदीले मार्टको उद्घाटन गरिन् ।
सो क्रममा उनले सवारी साधनको प्रयोगकर्ताहरुका लागि यस अटो मार्टका सुविधाले अन्यत्र धाउने समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताईन।
करिब ५करोडकोे लगानीमा स्थापित मार्टले हप्ताको सातै दिन सेवा उपलब्ध गराउने तथा नेपालको कुनै स्थानमा पनि गाडी बिग्रिएमा सो स्थानमै पुगेर गाडीको मर्मत गर्ने सुविधा पनि उपलब्ध गराईने मार्टका संचालक तथा प्रबन्ध निर्देशक सुदिप बिक्रम कार्कीले बताए ।
सातैदिन सेवा दिने यो प्रदेश नं ५ को ठूलो अटो मार्ट भएको कम्पनीका अध्यक्षको दाबी छ ।
रुपन्देही लगायत अन्य जिल्लामा पनि यस्ता धेरै मार्ट रहेका भए पनि बिग्रेको ठाउँमा गएर सातैदिन सेवा दिने अटोमार्ट नभएको उनले बताए ।
प्रदेश राजधानी भएसँगै रुपन्देहीमा सवारी साधनको चाप ह्वात्तै बढेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19