काठमाण्डौ । सेयर बजार आज बिहान प्रि–ओपन सेसनदेखि नै बढेको थियो। कारोबार अवधिभर बढेको बजार अन्तिममा करिब ५७ अंकले उकालो लागेर बन्द भएको छ।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बुलिस मारुबुजु क्यान्डल बनेको छ। योसँगै हिजो बनेको सुटिङ स्टार इन्भ्यालिड भएको छ।
डेली बेसमा बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखा अप्पर ब्यान्डसँगै हिँड्न खोजेको देखिन्छ। म्याक्डीमा बजारलाई हेर्दा अघिल्लो महिना बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ। हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएको देखिन्छ।
डेली बेसमै बजारलाई आरएसआईमार्फत हेर्दा ७८ को ओभरबट जोनमा पुगेको छ। यसअघि आरएसआई ८३ को तहमा पुगेपछि बजारमा करेक्सन आएको थियो।
पिभटमार्फत बजारलाई हेर्दा आज बजार तेस्रो प्रतिरोध २०८० को विन्दुलाई ब्रेक गरेर माथि गएको छ। अब चौथो प्रतिरोध बजारले २२१४ मा सामना गर्न सक्छ।
यदि बजार घटेमा भने क्रमशः २१५०, २१०० र २०७० मा सपोर्ट लिन सक्छ।
अन्य इन्डिकेटर सुपर ट्रेन्ड तथा इचिमोकुमार्फत हेर्दा बजार बुलिस नै रहेको देखिन्छ। सुपर ट्रेन्डमार्फत आजको बजारलाई हेर्दा साप्ताहिक रुपमा पनि बुलिस देखिन्छ। बजारलाई पछिल्लोपटक कारोबार तथा भोलुमबाट पनि हेर्दा ५ अर्ब रुपैयाँभन्दा बढी आएको देखिन्छ। यसले बजार मजबुत बन्दै गरेको देखिन्छ।
बजारलाई मनी फ्लो इन्डेक्सबाट हेर्दा भने अझै केही समय बुलिस यात्रा निरन्तरता पाउन सक्ने देखिन्छ। किनकि हाल ७२ को तहमा रहेको मनी फ्लो इन्डेक्स यसअघि ९७ को तहसम्म पुगेको थियो।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिसन भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19