काठमाण्डौ । अमेरिकी बाइक निर्माता कम्पनी बेनेलीले भारतीय बजारमा आफ्नो पहिलो रेट्रो स्टाइल मोटरसाइकल ‘इम्पेरियल ४००’ लन्च गरेको छ ।
यो बाइक माटोबी रेन्जबाट प्रेरित छ । जसलाई सन् १९५० मा बनाइएको थियो ।
भारतमा जम्मा भारु ४ हजार रुपैयाँमा यो बाइकलाई बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । यो बाइकमा ३७४ सीसीको सिंगल सिलेन्डर एअर कुल्ड इन्जिन रहेको छ । जसले ५५०० आरपीएममा २१ एचपी पावर तथा ४५०० आरपीएममा २९ एनएमको टार्क जेनेरेट गर्दछ ।
कम्पनीले इम्पेरियल ४०० लाई तीन वर्षको अनलिमिटेड किलोमिटरको वारेन्टीका साथमा प्रस्तुत गरेको छ । कलर अप्सनको कुरा गर्दा यो बाइक रातो, कालो र सिल्भर कलरमा उपलब्ध रहेको छ।
यो बाइक सिम्पल क्लासिक डिजाइन छ । यसमा क्रोमको धैरै नै कामहरु देख्न सकिनेछ ।
त्यस्तै बाइकमा स्प्लिट सिट ट्विन पान्ड इन्टुमेन्ट क्लस्टर तथा पीसुटर टाइपको एग्जोस्ट पनि उपलब्ध रहेको छ । यसमा वायर स्पोक ह्विल रहेको छ । जसमा फ्रन्ट १९ इन्च र रियर १८ इन्च रहेको छ ।
यसको ब्रेकिङ सिस्टमा फ्रन्टमा २ पिस्टन फ्लाटिङ क्यालिपरका साथमा ३०० एमएम सिंगल डिस्क तथा रियरमा डियुल च्यानल एबीएसका साथ २४० एमएम डिस्क ब्रेक रहेको छ ।
भारतीय बजारमा यो बाइकको मूल्य भारु १.६९ लाख तोकिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19