काठमाण्डौ । केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले विगत ८ वर्षदेखि नेपालभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ। 

सन् १९११ देखि प्रचलित बेनेली इटालियन बाइक सबैको रोजाइ बन्न पुगेको छ। चालकको रोजाइ र बजारको मागलाई ध्यानमा राखी नेपालमा केटीएम इन्टरनेसनल ट्रेडिङले सन् २०१५ मा आयात सुरु गरी बिक्री गर्दै आएको छ। 

अहिले बजारमा केटीएमले बेनेलीको १२५ सीसीदेखि ७५२ सीसीसम्मको मोटरसाइकल बिक्रीवितरण गर्दै आएको छ। 

नेपालमा उपलब्ध बेनेली मोटरवाइकहरुमा १८० एस, टीआरके २५१, ३०२एस र ७५२एस रहेका छन्।

केटीएम इन्टरनेसनल बेनेली मोटरसाइकलको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता रहेको छ। नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकल र स्कुटरको मागलाई पूरा गरिरहेको बेनेलीले राम्रो माइलेज दिनुका साथै सुहाउँदो मूल्यमा मोटरसाइकल तथा पार्टपुर्जा सजिलै उपलब्ध गराउँदै आएको छ। 

आगामी २०८०–८१ को नयाँ बजेटपश्चात आज असार ८ गतेबाट लागू हुनेगरी बेनेलीका विभिन्न मोडेलका मोटरसाइकलको मूल्यमा ६० हजार रुपैयाँसम्मको छुट गरी बजारमा बिक्री गर्ने कम्पनीले जनाएको छ।