काठमाण्डौ । बेलायतको हवाई कम्पनी इजी जेटले उच्च परिष्कृत स्रोतबाट एउटा ठूलो साइबर आक्रमणको सिकार भएको जनाएको छ।
कोरोनाभाइरसको प्रकोपपछि ग्राउन्डेड भएको युुरोपकै सस्तो हवाई कम्पनी इजी जेटले सेयरबजारलाई अनाधिकृृत पहुुँच बन्द भएको जनाएको छ। कम्पनीको अनुुसन्धानमा करिब ९० लाख ग्राहकको ई–मेल आईडी, यात्रा विवरण र २ हजार २०८ ग्राहकको क्रेडिट कार्डसम्बन्धी जानकारी ह्याकरको पहुुँचमा पुुगेको देखिएको छ। यो ह्याकिङ प्रकरणबाट प्रभावित ग्राहकलाई कम्पनीले मे २६ मा खबर गर्ने इजी जेटले जानकारी दिएको छ।
साइबर आक्रमण कहिले र कति समयसम्म जारी रह्यो भनेर कम्पनीले केही पनि खुुलाएको छैन। इजी जेटका सीईओ जोहान लुुन्डग्रेनले विज्ञप्तिमा कम्पनीको प्रणालीमा भएको साइबर आक्रमण गम्भीर भएको र त्योभन्दा पनि गम्भीर आक्रमणकारीहरु अझै धेरै परिष्कृत भएकोले यसले भविष्यमा पनि चुुनौती थपिदिएको उल्लेख गरेका छन्। लुुन्डग्रेनले प्रभावित ग्राहकलाई कुुनै शंकास्पद ईमेलहरु आए सर्तक हुुन आग्रह पनि गर्ने बताए।
कम्पनीले इजी जेट अर्थात इजी जेट होलिडेजसँग सञ्चारमा संलग्न हुुँदा अतिरिक्त सावधानी अपनाउनुुपर्ने सुुझाव दिएको छ। “हाम्रा ग्राहक, सञ्चालन प्रणाली र डेटा जोगाउनका लागि हामी निरन्तर अनुुसन्धानमा लागिरहने छौँ’, सीईओ लुन्डग्रेनले भने, ‘यसका साथै यो काण्डबाट प्रभावित ग्राहकप्रति हामी क्षमाप्राथी छौँ।”
यो प्रकरणको छानबिनका लागि बेलायतको डेटासँग सम्बन्धित निकाय नेसनल साइबर सेक्युुरिटी सेन्टर र इन्फरमेसन कमिस्नर अफिससँग सहकार्य गरिरहेको इजी जेटले जनाएको छ। – एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19