काठमाण्डौ । विश्वव्यापी कोरोना महामारी र कामदार अभावका कारण बेलायतको अर्थतन्त्र शिथिल बन्दै गएको छ।
त्यहाँस्थित बैंक अफ इंग्ल्यान्डका एक अर्थशास्त्री हु पिलका अनुुसार आउने वर्ष बेलायतको मुद्रास्फीति बढेर ५ प्रतिशतसम्म पुग्न सक्छ। हाल बेलायतको मुद्रास्फीति ३ प्रतिशत छ भने केन्द्रीय बैंकले यसलाई २ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ।
बेलायतको केन्द्रीय बैंकले मुद्रास्फीति स्थिर गर्न ब्याजदरलाई ०.१ प्रतिशतसम्म बढाउने जनाएको छ।
बेलायतमा अहिले कामदार अभावका कारण उत्पादनमा कमी आएको त्यहाँस्थित सञ्चार माध्यमहरुले जनाएका छन्।
बेलायतको केन्द्रीय तथ्यांक विभागका अनुसार हाल खुद्रा बिक्रीको भोलुममा कम हुँदै आएको छ। सन् १९९६ पछि पहिलो पल्ट बेलायतमा खुद्रा बिक्रीमा कमी आएको हो। यसका साथै होलसेल व्यापारमा समेत कमी आएको छ।
मुद्रास्फीतिसँगै बेलायतको जीडीपीमा पनि धक्का लाग्ने त्यहाँस्थित क्यापिटल इकोनोमिस्टहरुले बताएका छन्।
बेलायतले लामो समयदेखि एक लाखभन्दा बढी ट्रक ड्राइभर र अन्य कामदारको अभाव भोग्दै आएको छ। यसले इन्धनको मूल्य बढ्दै गएको र लागत बढ्न गएर अर्थतन्त्रमा मन्दी तथा मुद्रास्फीति बढेको अर्थशास्त्रीहरुले बताउँदै आएका छन्। – एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19